• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


१९ वर्ष यौन शोषणको बन्धक बनेका विज्ञानको बेहालतमा कांग्रेस नेता बाजिन्द्र विष्टको यस्तो साथ

१९ वर्ष यौन शोषणको बन्धक बनेका विज्ञानको बेहालतमा कांग्रेस नेता बाजिन्द्र विष्टको यस्तो साथ

images

प्रभाव न्यूज

२२ भाद्र २०७८
  • 20.8K
    SHARES
  • images
    १९ वर्ष यौन शोषणको बन्धक बनेका विज्ञानको बेहालतमा कांग्रेस नेता बाजिन्द्र विष्टको यस्तो साथ
    images
    images
    images

     खोटाङ, भदौ २२ -  समस्यामा परेका नागरिक/ जनतामा पछिल्लो समय मल्हम बनीरहेका नेता हुन बाजिन्द्र विष्ट।

    images

    आफ्नो गाउँपालिकामा साना देखी ठुला पीडा/ समस्या झेलीरहेका जनताका घर घरमा पुगेर सहयोग र सद्भाव गर्दै आएका विष्टले धेरै उद्धाहरीय काम गरेका छन्।

    पालिकामा विकास निर्माणका काम होस् वा चरम पीडामा परेका जनताका समस्यामा होस् उनी साथ दिन पुग्छन्।

    नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति रहेका बिष्टले आर्थिक अभावमा कोही मानसिक रोगी भएर उपचार नपाएको, कोही क्यान्सर भएर छट्पटाइ रहेको, सुत्केरी हुन नसकेर उपचारमा जान नसकेको, कोही गाउँमा सिटामोल ल्याइदिने मान्छे नभएर विरामले थला परेको यस्ता यावत जनताका समस्यमा सहजै सहजीकरण गरिरहेका छन् विष्टले।

    images

    चरम आर्थिक समस्यामा परेर उपचार नपाएका विरामीहरुको लागि दाताहरुलाई सहयोग मागेर उपचारमा पठाउने र विरामीलाई सधै सम्पर्क गरेर मनोवल थप्नसमेत सहयोग गर्दै आएका विष्टले पूनः एउटा उल्लेखनीय काम गरेका छन्।

    images

    बेपत्ता भएको १९ वर्षपछि शारीरिक र मानसिक रुपमा अशक्त बनेर घर फर्किएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईरालालाई उपचार खर्च विष्टले जुटाइदिएका छन्।

    १७ वर्षको उमेरमा २०५८ सालमा काठमाण्डौं सानेपाबाट बेपत्ता बनेपछि एकैचोटी गत बैसाख २ गते घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) आइपुगेका विज्ञानलाई बिष्टको पहलमा ९१ हजार ३७२ रुपैयाँ सहयोग रकम जुटेको हो।

    फियो निकालिएको, पेट र खुट्टामा चोटको खाटा लागेको तथा विक्षिप्त अवस्थामा घर आइपुगेका विज्ञानको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी÷शुभेच्छुकबाट सहयोग रकम जुटाइएको हो। संकलित रकम कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति प्रेमबहादुर बस्नेतले सोमबार विज्ञानका आमा देबकुमारी कोईराला र भाई सुवास कोईरालालाई हस्तान्तरण गरेका छन्।

    विज्ञानको फियो लगायतका शारीरिक र मानसिक रोगको उपचारका लागि फेसबुकबाट आव्हान गरेपछि हाल कोरियामा रहेका विनोद काईरालाको पहलमा ५१ हजार ७७७ रुपैयाँ, कोरियामै रहेका मिलन खड्काको पहलमा २२ हजार ९५ रुपैयाँ, साउदीअरवमा रहेका दाङका महेश चौधरीबाट ५ हजार, जापानमा रहेका भुवन खड्काबाट ५ हजार र मलेसियामा रहेका हरि बस्नेतबाट ५ हजार रुपैयाँ सहयोग रकम जुटेको अभियान्ता बिष्टले बताए।

    स्वदेश तथा विदेशमा रहेका दाताबाट प्राप्त भएको रकममा स्वयं विष्टले ५ हजार थप गरेर विज्ञानका परिवारलाई हस्तान्तरण गरेका हुन्। साविकको चिसापानी–१ का कोईराला परिवार २०७७ साल पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन्।

    लामो वियोगपछि पारिवारिक मिलन भएपनि शारीरिक र मानसिक रुपमा अशक्त बनेर फर्किएका विज्ञान उपचार गर्नुपर्ने अवस्थामा छन्। अपरिचित व्यक्तीले अपहरण गरेर १९ वर्षसम्म घरबाहिर निस्कन नदिइ बन्धक बनाएर श्रम तथा यौन शोषण गरेर राखेको विज्ञानको भनाई छ। घरमा आएपछि बिराटनगरको नोबेल अस्पतालमा लगिएका विज्ञानलाई थप उपचारका लागि बीर अस्पताल लैजानका लागि परामर्श दिइएको छ।

    आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले विज्ञानको उपचारका लागि सहयोगको याचना गरेका छन्। उनको अर्को फियो राख्न पाँच/ छ लाख खर्च आवश्यक परेपछि सहयोग रकम जुटाउन अभियान चलाइएको बिष्टले बताए।

    आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले विज्ञानको उपचारका लागि सहयोगको याचना गरेका छन्। उनको अर्को फियो राख्न पाँच/ छ लाख खर्च आवश्यक परेपछि सहयोग रकम जुटाउन अभियान चलाइएको बिष्टले बताए।

    बुबाको २०५३ सालमा मृत्यु भएपछि छोराछोरी मिना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन–पालन गरेर हुर्काएकी थिईन्। देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन्। उनका दिदी, भाई, बहिनी सबैको बिवाह भइसकेको छ।

    images
    images

    प्रकाशित :भाद्र २२, २०७८ मंगलवार - १३:३१:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij