• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा विभिन्न दल परित्याग गरि एमालेमा १६८ जना प्रवेश

खोटाङमा विभिन्न दल परित्याग गरि एमालेमा १६८ जना प्रवेश

images

प्रभाव न्यूज

५ भाद्र २०७८
  • 19.5K
    SHARES
  • images
    खोटाङमा विभिन्न दल परित्याग गरि एमालेमा १६८ जना प्रवेश
    images
    images
    images

    भदौ ५, खोटाङ -  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

    images

    ‘मन पराँए, मायाँ लाएँ, मैले के बिराएँ’ भन्दै सो दलका १६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

    जिल्लाको केपिलासगढी गाउँपालिका वडा नम्बर-१ फेदीस्थित शुक्रबारेमा एमाले पार्टी कमिटिले आयोजना गरेको छलफल तथा पार्टी प्रबेश कार्यक्रममा एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेका हुन्।

    कांग्रेसको गाउँपालिका उपसभापती लक्ष्मी राई, वडा सभापती मधुराज राई, जसपाबाट वडा अध्यक्षका उम्मेद्वार ज्ञानकुमार राई, कांग्रेस पार्टी कमिटिका दुई जना सचिव (क) पदम राई र (ख) राजन राई, माओबादी खार्तम्छाका ईन्चार्ज चन्द्रकुमार राईसहित १६८ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले खोटाङका सचिवालय सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए।

    images

    नेकपा एमाले सुर्य चिन्ह र जबज जिबनभर छोड्दैनौँ र अरुलाई पनि एमालेमा एक ढिक्का भएर लाग्न आग्रह गर्दछौं भन्दै नव प्रवेशीहरुले प्रतिवद्धता गरेका छन्।

    images

    नव प्रवेशीहरुलाई प्रतिनिधि सभाका सांसद तथा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, प्रदेश सदस्य पाँचकर्ण राई (पिके), पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगाल, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिराकुमारी बन लगाएतले स्वागत गरेका थिए।

    कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

    images
    images

    प्रकाशित :भाद्र ५, २०७८ शनिवार - १४:४४:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij