• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


धन,कमाएर, ल्याउँछु भन्ने ,खोटाङका डम्बरको, सपना अधुरै, १८ वर्षपछि, भेट्दा सबैको,उड्यो होश

धन,कमाएर, ल्याउँछु भन्ने ,खोटाङका डम्बरको, सपना अधुरै, १८ वर्षपछि, भेट्दा सबैको,उड्यो होश

images

प्रभाव न्यूज

३२ श्रावण २०७८
  • 19.1K
    SHARES
  • images
    धन,कमाएर, ल्याउँछु भन्ने ,खोटाङका डम्बरको, सपना अधुरै, १८ वर्षपछि, भेट्दा सबैको,उड्यो होश
    images
    images
    images

    साउन ३२ - खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिला घलेगाउँका डम्बर भुजेल मलेसिया जानका लागि १८ वर्षअघि घरबाट विदाई हुँदै गर्दा बुवा गोरे भनिने राजमान भुजेल र आमा भलमायाँ भुजेलले आफ्नो ‘दुःखका दिन गए, सुखका दिन सुरु भए’ भन्ने ठानेका थिए।

    images

    तर, परदेशमा पैसा कमाउने र परिवारमा सुख भित्र्याउने सपना बोकेर ऋण काढेर २०६० सालमा विदेसिएका डम्बरको सपना अधुरै रह्यो, सिंगो परिवारकै सपना चकनाचुर भयो।

    धन सम्पत्ती कमाएर फर्किन्छु भनेर हिँडेका डम्बरले पैसा त ल्याएनन् नै १८ वर्षपछि अपांगजस्तै बनेर घर फर्किएका छन्। वैदेसिक रोजगारीका सिलसिलामा सन् २००३ मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरुपमा परिवारदेखि सम्पर्क विहिन बनेका थिए। लामो समयसम्म घर नआउँदा र सम्पर्क नहुँदा डम्बर ‘जिवित छन् वा छैनन्’ भन्ने बारेमा घर परिवार नै अन्योलमा परेका थिए। छरछिमेकले पनि उनी जिवित छन् भन्ने आश मारिसकेका थिए ।

    सम्पर्क विहिन हुँदा परिवारले मायाँ मारिसकेका डम्बर १८ वर्षपछि साउन २९ गते बिहान ४ बजे घर आइपुगेका छन्। २४ वर्षको उमेरमा मलेसिया पुगेका डम्बर देब्रे हात नचल्ने र दाहिने खप्पर भित्र पसेको अवस्थामा फर्किएका हुन्। उनले ६२ वर्ष पुगेका बुवा राजमानलाई चिन्न सके तर राजमानले छोरालाई चिन्न गा¥हो भयो। ‘मान्छे त आइपुग्यो तर अपांग बनेर आयो ।

    images

    दायाँ खप्पर पुरै भित्र पसेको छ । देब्रे हात चल्दैन। भेस्ट लगाउन समेत देब्रे हातले भर दिँदैन,’ राजबिरले भने, ‘कडा स्वरमा बोल्न सक्दैन, सानो स्वरमा बोल्छ । हिँड्दा पनि विस्तारै हिँड्छ। आफै पानी ल्याएर खाना पकाएर खान सक्ने अवस्था समेत छैन।’ डम्बर विदेसिएको समय हिजो आज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो ।

    images

    मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर वेपत्ता भएका थिए। उनी सम्पर्क विहिन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन । कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झन्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे।

    परिवार सामु उनको बाटो हेरेर बस्नुको विकल्प रहेन। एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए। डम्बर मलेसिया जाँदैगर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए । त्यो बेलाका स–साना भाई बहिनी हुर्किर विवाह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन्। डम्बरको बाटो हेर्दैबसिरहेकी आमा भलामायाँको ७ वर्षअघि मृत्यु भइसकेको छ।

    २०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए । अचेत अवस्थामा भेट्ने नेपालीले मरिसकेको भन्दै पहिचानका लागि उनको तस्बिर सामाजिक सञ्जालमा तस्बिर राखेका थिए ।

    सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो। सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोधखोज सुरु गरिन् ।

    त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियो। घरमा लास ल्याउने चर्चा चलिरहेकाबेला डम्बर अचेत मात्र भएकाले उद्धार गरेर अस्पतालमा पु¥याइएको जानकारी आयो ।

    कुबेतमा रहेकी उनकी माईली बहिनी सविनाले पनि डम्बर जिवित रहेको भन्दै परिवारमा खबर गरिन्। ‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा गम्भीर चोट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्शदाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनैपनि डकुमेन्ट थिएन। सामीकैतर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्नेदेखि उद्धार गरेर नेपाल ल्याउन सहयोग गरिएको हो ।’

    अन्ततः सामीको सहयोग र सहजीकरणमा डम्बर साउन २३ गते काठ्माण्डौं उत्रिएका थिए। डम्बरलाई ६-७ महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । टाउकाको दुई पल्ट अप्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो।

    उनी दुर्घट्नामा परेको अनुमान गरिएको छ । डम्बरलाई स्वदेश फर्काउनका लागि मलेसियास्थित नेपाली दुतावासले समेत सहयोग गरेको जनाइएको छ। काठमाण्डौं उत्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वारेन्टिनमा राखिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको थियो।

    डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्क विहिन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ। छोराछोरी विवाह गरेर आ–आफ्नो सुतीखेतीमा लागेपछि घरमा एक्लै बसिरहेका राजमान मायाँ मारिसकेको छोरा फर्किएकामा सुसी पनि छन्, उत्तिकै दुःखी पनि। सकुसल विदेसिएका छोरा शारीरिक र मानसिकरुपमा अशक्त बनेर फर्कँदा राजमान चिन्तित छन्।

    ‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आशचै मरेको थिएन। तर, न घाँसपात गर्न सक्छ, न भारी बोक्न सक्छ । कसरी गरी खान सक्लान्,’ उनले भने, ‘विदेसबाट उसले एक पैसा पनि घरमा पठाएन। ऋणचैं ति-यो होला। साहुले ऋण मागेको छैन।’

    images
    images

    प्रकाशित :श्रावण ३२, २०७८ सोमवार - ११:५४:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij