साउन २७, खोटाङ - कोरोना भाइरसबाट पूनः सक्रमणमा बृद्धि भएपछि जिल्लाको सदरमुकाम दिक्तेल बजारमा कडा लक डाउन गर्ने तयारी गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालको अध्यक्षतामा बसेको जिल्लास्थित राजनैतिक दल, सुरक्षा निकाय, उधोग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी तथा सरोकारवाला सहभागी बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कडा लक डाउन गर्ने निर्णय गरेको हो।
आगामी भदौ १ गतेदेखी भदौ १० गतेसम्म लागू हुने गरि लक डाउन गर्ने निर्णय भएको बताइएको छ।
कोरोना भाइरसको दोस्रो लहर पछिल्लो समय पूनः बढिरहेको निष्कर्षपछि लक डाउन गर्न लागिएको नगर प्रमुख रिजालले जानकारी दिए।
साउन मसान्तभित्रमा आ–आफ्नो घरमा आवश्यक पर्ने खाधान्न, तरकारी, औषधि, ग्यास लगायतका अन्य सामग्रीहरुको ब्यबस्था मिलाउन सबैलाई अनुरोध गरिएको रिजालको भनाई छ।
भदौ १ गतेदेखी १० गतेसम्म बजार, पसल, बैंक तथा वितिय संस्था, औसधि पसल, सरकारी तथा नीजि संघसंस्था, होटल, सवारीसाधनलगायत सम्पूर्ण बन्द गरिने बताइएको छ।
१० दिन बजारमा आवत जावतसमेत पूर्णरुपमा बन्द गरिने भएको छ। १० दिनका लागि आवश्यक पर्ने सबै कुराको व्यवस्थापन गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ।
दिक्तेल बजारबासीमा ८० प्रतिशत भन्दा बढीले खोप लगाइसकेको र यो बीचमा खोपले पनि काम गर्ने र संक्रमण पनि कम गर्न कडाइका साथ लक डाउन गर्न लागिएको रिजालले जानकारी दिए।