• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


दिक्तेल बजारको मुहार फेराउने कसरतमा नगर प्रमुख रिजाल

दिक्तेल बजारको मुहार फेराउने कसरतमा नगर प्रमुख रिजाल

images

प्रभाव न्यूज

२७ श्रावण २०७८
  • 19.1K
    SHARES
  • images
    दिक्तेल बजारको मुहार फेराउने कसरतमा नगर प्रमुख रिजाल
    images
    images
    images

    साउन २७, खोटाङ - दिक्तेलबजारको बाँकी सडक ढलानको काम सुरु भएको छ। बहुप्रतिक्षित बजारभित्रको सडक ढलानको काम सुर्य विकास जेभी लाहानले सुरुवात गरेको हो।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले सिंचाई गेट नजिक ढलानको शुभारम्भ गरेका छन्। अब भने दिक्तेलबजारको सिंचाई गेटदेखि नेपाल दुर सञ्चार शाखा कार्यालय भानुचोकसम्मको कच्ची सडक ढलान हुनेछ।

    सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा ठेक्का पारेको जेभीले १० असारमा उक्त कार्यालयसँग सम्झौता गरेको थियो। सम्झौता लगत्तै ढलानको काम नगरेपछि निर्माण कम्पनीलाई ताकेता गरेपछि पेटी ठेकेदारबाट बल्ल कामको सुरुवात भएको हो। सम्झौता अनुसार जेभीले आगामी मंसिर २० गतेभित्र ढलानको काम सक्नुपर्नेछ।

    निर्माण कम्पनीले ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ। काममा अवरोध नहोस भनेर नगरपालिकाले यसअघि नै निर्माण कम्पनीका प्रतिनिधि र विधुत, खानेपानी, टेलिकम लगायत सरोकारवालासँग छलफल गराईसकेको छ।

    images

    छलफलमा कामको जिम्मा लिएको खाल्लेका पेटी ठेकेदार रोशन राईले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख रिजालले बताए। कामको गुणस्तरमाथि नगरपालिकाले धेरैभन्दा धेरै खबरदारी गर्ने, समयमा काम गराउनका लागि सहजीकरण गर्ने र काम नगरेमा वजेट रोक्का सम्मको काममा नगरले भूमिका खेल्ने नगरप्रमुख रिजालले बताए।

    images

    ढलानको काम सकेपछि नगरपालिकाको केन्द्र तथा प्रमुख व्यापारीक केन्द्र दिक्तेलबजारले मुहार फेर्नेछ। अहिले ढलान नहुंदा बजारभित्रकै सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ।

    images
    images

    प्रकाशित :श्रावण २७, २०७८ बुधवार - १५:५५:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij