साउन १५, काठमाडौं - विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले खोटाङ जिल्लालाई पनि गाँजेको छ।
कोरोना भाइरसबाट बच्नको लागि नेपाल सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई तिव्रता दिएको छ।
खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वटा स्वास्थ्य संस्थावाट लक्षित वर्गलाई शनिबारदेखी खोप लगाउन सुरु गरिने बताइएको छ।
५५ वर्ष माथिकालाई पहिलो मात्राको भेरोसेल खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार दुई दिन (शनिबार र आइतबार) भेरोसेल खोप लगाइनेछ।
५५ वर्ष माथिका नागरिक, ५५ वर्ष माथिका खोप लगाउन छुटेका सवै नागरिक, शिक्षक र कर्मचारी सबैलाई खोप दिइनेछ। भेरोसेल खोप लगाइसकेपछि तुरुन्तै जोन्सन एण्ड जोन्सन खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
जोन्सन एण्ड जोन्सन खोप भने एक डोज मात्रै लगाए पुग्छ। यसअघिका कोभिशिल्ड र भेरोसेल खोप दुई डोज लगाउनु पर्ने मापदण्ड छ।
जिल्लाभर हालसम्म १८ हजार हाराहारीमा कोभिड शिल्ड र भेरोसेल खोप लगाइएको छ।
कोभिड शिल्डको दोश्रो डोज लगाउनेको मात्रा धेरै र भेरोसेल खोपको दोश्रो डोज लगाउनेको मात्रा कम रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताए।
🙏तपाईंले यो समाचार पढीसक्नु भयो भने एक शेयर पनी गर्नुहोस् र सबैको जानकारीको लागि सहयोग गर्नुहोस्।🙏