• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस खोटाङ जनताको समस्या बोकेर पुग्यो प्रशासन कार्यालय

कांग्रेस खोटाङ जनताको समस्या बोकेर पुग्यो प्रशासन कार्यालय

images

प्रभाव न्यूज

९ श्रावण २०७८
  • 18.6K
    SHARES
  • images
    कांग्रेस खोटाङ जनताको समस्या बोकेर पुग्यो प्रशासन कार्यालय
    images
    images
    images

    साउन ९, खोटाङ- नेपाली कांग्रेस खोटाङ प्रदेश (ख) ले जिल्लाका नागरिक समस्यामा परेको भन्दै चासो देखाएको छ।

    images

    प्रदेश (ख) का सभापति तीर्थराज भट्टराईको नेतृत्वमा कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट थिलथिलो भएको जनताको मनमा मल्हम लगाउने गरि चासो देखाएको हो।

    शनिबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउदै कांग्रेसले कोरोनाको संक्रमणबाट सुरक्षित रहने खोप देशका अधिकांस जिल्लामा प्रयोग गरिसकिएको अवस्थामा जिल्लाका नागरिकलाई कोरोना खोप लगाउन आनाकानी नगर्न प्रशासनलाई ध्यानाकर्षण गराएको छ।

    भट्टराई नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना खोप नागरिकलाई लगाउनबाट बञ्चित बनाएका कारण असुरक्षित महसुस गरिरहने भएकोले तत्काल खोप दिने व्यवस्थाका लागि सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्न माग गरेको छ।

    images

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८७ असार २८ गते भएको परिपत्र अनुसार शिक्षक तथा कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन भनिएको भएपनि सरकारको उक्त निर्देशनलाई कार्यान्वयन गरि पठन-पाठन गराउने तथा शिक्षक, गुरुवर्गको जीवन सुरक्षित बनाउने काममा तत्काल लाग्न पनि माग गरिएको छ।

    images

    यस्तै, सदरमुकाम दिक्तेल बजारको हाटडाँडादेखी रत्नपार्कसम्मको सडक ठलान नहुँदा झरी वर्षातको कारण हिलाम्य भइ पैदल यात्रा गर्न समेत असहज भएकोले ठेकेदारलाई बोलाई तत्कालका लागि बैकल्पिक व्यवस्थापन गर्न र जनताकोे समस्यालाई गम्भिरतापूर्वक लिइ कार्यान्वयन गर्न पनि कांग्रेसले आग्रह गरेको छ।

    u.jpg

    n.jpg

    images
    images

    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - २१:४१:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij