साउन ९, खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मी केन्द्रविन्दु भएर भूकम्प गएको छ।
शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको खार्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।
सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले प्रभाव न्यूजलाई जानकारी दिए।
भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।
खार्मी केन्द्रविन्दु भएर भूकम्प गएपछि जिल्लाबासी भागरेभाग भएका थिए।