असार १९, खोटाङ - चार विधार्थी संगठनले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध खोटाङको सदरमुकाम दिक्तेल बजारमा राँके जुलुस निकालेका छन्।
संसद पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसको नेपाल विधार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले (खनाल–नेपाल) पक्षको अनेरास्ववियु र जनता समाजवादी पार्टीको समाजवादी विधार्थी युनियनले शनिबार साँझ नाराजुलुस गर्दै राँके जुलुस निकालेका हुन्।
दिक्तेल बजारको त्रिवेणी चौकमा प्रतिगमनकारी सरकार मुर्दाबाद भन्दै विधार्थी नेताहरुले चर्को नारावाजी गरेका छन्।
जनताको रगत पसिनावाट सिर्जित संविधानलाई लात हानेर लोकतन्त्रको दुरुपयोग गर्दै संविधानलाई भंग गर्नमा उद्धत ओली सरकार विरुद्ध र संविधानको रक्षार्थ विधार्थी संगठनहरु सडकमा आउनु परेको नेविसंघकी नेतृ अनुश्का बस्नेतले जानकारी दिइन।