• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

खोटाङमा प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

images

प्रभाव न्यूज

१८ आषाढ २०७८
  • 39.4K
    SHARES
  • images
    खोटाङमा प्रहरीमाथि आक्रमण गर्ने पक्राउ
    images
    images
    images

    असार १८, खोटाङ -  जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

    असोज २१ गते राती प्रहरी जवानलाई चिरपट दाउराले हानेर शख्त घाईते बनाएपछि फरार रहेका प्रतिवादी राईलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।

    प्रतिवादी राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

    images

    ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका राईलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले कुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

    images

    प्रहरी जवानमाथि भेषबहादुर सहित चार जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :आषाढ १८, २०७८ शुक्रवार - २०:३६:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij