• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


घर भत्किएर पुर्दा खोटाङमा एक जना गम्भीर घाइते

घर भत्किएर पुर्दा खोटाङमा एक जना गम्भीर घाइते

images

प्रभाव न्यूज

१८ आषाढ २०७८
  • 14.8K
    SHARES
  • images
    घर भत्किएर पुर्दा खोटाङमा एक जना गम्भीर घाइते
    images
    images
    images

    असार १८, खोटाङ- केही दिनदेखी परेको वर्षाका कारण घर भत्किँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर –५ दुर्छिमका २४ वर्षीय दिनेश राई गम्भिर घाइते भएका छन्।

    images

    शुक्रबार घर भत्किएर पुर्दा उनको दुवै खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। उनको कम्बर मुनीको भागमा घर भत्किएर पुरेको हो। उनको दुवै खुट्टा नचल्ने भएको छ।

    यस्तै, छाडिसकिएको घरको तला भत्किएर थिच्दा एक वालकको मृत्यु भएको छ। चारैतिर बाँसको भाटाको बेराले बारेको र हिलो माटो छापेर छानो बनाइएको मुण्डा घर भत्किएर किच्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्की र संगीता सार्कीका १४ वर्षीय राजु सार्कीको मृत्यु भएको हो राजुसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन।

    भागेर ज्यान बचाएका योनानाथ सार्की र मिलन सार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    images

    यस्तै, खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीमा माथिबाट खसेको पहिरोले दुई घरमा क्षति पुगेको छ। शुक्रबार विहान केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीका नविन राई र टिकाराम राईको घरमा पहिरोले क्षति पु¥याएको हो।

    images

    images
    images

    प्रकाशित :आषाढ १८, २०७८ शुक्रवार - १६:३५:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij