• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


खोटाङमा पहिरोले दुई घर पुर्‍यो

खोटाङमा पहिरोले दुई घर पुर्‍यो

images

प्रभाव न्यूज

१८ आषाढ २०७८
  • 26.3K
    SHARES
  • images
    खोटाङमा पहिरोले दुई घर पुर्‍यो
    images
    images
    images

    असार १८, खोटाङ -  केही दिनदेखी परेको वर्षाका कारण खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीमा माथिबाट खसेको पहिरोले दुई घरमा क्षति पुगेको छ। शुक्रबार विहान केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीका नविन राई र टिकाराम राईको घरमा पहिरोले क्षति पुर्‍याएको हो।

    images

    दुवै जनाको घरमा बसोबास गर्न नमिल्ने गरि पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए।

    यस्तै, छाडिसकिएको घरको तला भत्किएर थिच्दा एक वालकको मृत्यु भएको छ। चारैतिर बाँसको भाटाको बेराले बारेको र हिलो माटो छापेर छानो बनाइएको मुण्डा घर भत्किएर किच्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्की र संगीता सार्कीका १४ वर्षीय राजु सार्कीको मृत्यु भएको हो राजुसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन।

    भागेर ज्यान बचाएका योनानाथ सार्की र मिलन सार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    images

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिममा पनि एक घर भत्किँदा २४ वर्षीय दिनेश राई गम्भिर घाइते भएका छन्। घर भत्किएर पुर्दा उनको दुवै खुट्टा नचल्ने भएको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ १८, २०७८ शुक्रवार - १६:०४:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij