• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


वर्षाका कारण खोटाङमा घर भत्कँदा एक वालकको मृत्यु, तीन जना घाइते

वर्षाका कारण खोटाङमा घर भत्कँदा एक वालकको मृत्यु, तीन जना घाइते

images

प्रभाव न्यूज

१८ आषाढ २०७८
  • 45.6K
    SHARES
  • images
    वर्षाका कारण खोटाङमा घर भत्कँदा  एक वालकको मृत्यु, तीन जना घाइते
    images
    images
    images

    असार १८, खोटाङ - अविरल वर्षाका कारण खोटाङमा घर भत्किदा एक वालकको मृत्यु भएको छ।

    images

    घर भत्किएर पुरेपछि हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–८ धितुङका १४ वर्षीय राजु सार्कीको मृत्यु भएको हो।

    मृतक वालकको घरमा खेलीरहेको अवस्थामा घर भत्कदा सोही ठाउँका १० वर्षीय मिलन सार्की र १० वर्षीय लनास सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मर प्रसाद गजमेरले प्रभाव न्यूजलाई जानकारी दिए।

    मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिममा पनि एक घर भत्किदा २४ वर्षीय दिनेश राई गम्भिर घाइते भएका छन्। घर भत्किएर पुर्दा उनको दुवै खुट्टा नचल्ने भएको छ।

    images

    यस्तै, वर्षाका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीमा माथिबाट खसेको पहिरोले दुई घर पुरेको छ। फेदीका नविन राई र टिकाराम राईको घर पहिरोले पुरेको हो।

    images

    images
    images

    प्रकाशित :आषाढ १८, २०७८ शुक्रवार - १५:२०:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij