असार १०, खोटाङ - खोटाङमा एक युवतीलाई जंगलमा बोलाएर जवरजस्ती करणी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–५ घर भएकी एक युवतीलाई ललाईफकाइ नजिकैको जंगलमा लगेर जवरजस्ती करण गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–६ का ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन्।
राईले ति युवतिलाई रातिको समयमा जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए।
पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी छिन्।