• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


‘दाम्लोमा बाँधेर राखिएका खोटाङका मनोज आए होसमा’ दातासँग आर्थिक सहयोगको छन् अपेक्षामा

‘दाम्लोमा बाँधेर राखिएका खोटाङका मनोज आए होसमा’ दातासँग आर्थिक सहयोगको छन् अपेक्षामा

images

प्रभाव न्यूज

५ आषाढ २०७८
  • 32.9K
    SHARES
  • images
    ‘दाम्लोमा बाँधेर राखिएका खोटाङका मनोज आए होसमा’ दातासँग आर्थिक सहयोगको छन् अपेक्षामा
    images
    images
    images

    असार ५, खोटाङ  -  चार वर्षअघि मानसिक सन्तुलन गुमाएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मनोज तामाङको स्वास्थ्यमा सुधार आएको छ।

    images

    आफन्त तथा शुभेच्छुकको आर्थिक सहयोगमा गत चैत १७ गते टिचिङ अस्पताल काठमाण्डौं लगिएका २४ वर्षीय तामाङको स्वास्थ्यमा सुधार आएको हो। निरन्तरको उपचारपछि करिब १५ दिनअघि देखि मनोजको होस खुलेको बुवा बाबुराम तामाङले बताए। मनोजको अहिले पनि अस्पतालमै उपचार भइरहेको छ। ‘विरामी भएपछि दोहोरो कुराकानी हुँदैनथ्यो। एउटा कुरा सोध्दा अर्कै कुरा गर्थे।

    बोलीको ठेगान हुन्नथ्यो,’ बाबुरामले भने, ‘पहिलाजस्तो क्लियर त भएको छैन तर होस् खुलेको छ। दोहोरो कुरा हुन्छ, दोहोरो वात गर्न सक्ने भएको छ। पूर्ण निको हुने आशा छ।’ टिचिङ अस्पतालमा तामाङको उपचारको क्रममा पौने दुई लाख लाख खर्च भइसकेको छ। चार वर्षअघि मनोज २० वर्षका थिए। एसएलसि दिएपछि अढाइ महिनाका लागि दिल्ली गए।

    दिल्लीबाट घर फर्किएको १५ दिनपछि सुतेकोबेला राती १२ बजे उनी एक्कासी ‘के आयो–के आयो’ भन्दै कराउँदै कुद्न थाले। त्यही रातबाट उनले आफ्नो मानसिक सन्तुलन गुमाएका हुन्। कतिपयलाई आक्रमण नै गर्न थालेपछि उनलाई बाँधेर समेत राखिएको थियो। स्वास्थ्यमा समस्य आए लगत्तै मनोजलाई धरान, काठमाण्डौं, विराटनगर लगायतका अस्पतालमा कुदाइए तर स्वास्थ्यमा सुधार आएन।

    images

    धामीझाँक्री र माताकोमा लैजाँदा उत्तिकै खर्च भएको बाबुराम बताउँछन्। उपचारको नाममा आठ लाख खर्च हुँदा पनि मनोजको स्वास्थ्यमा सुधार आएन । उपचारकैक्रममा परिवार ऋणमा चुर्लुम्म डुबेपछि हार खाएका बाबुरामले मनोजलाई घरमा ल्याएर राखेका थिए।

    images

    कोभिड–१९ को महामारीका कारण गत वर्ष लकडाउन हुँदा नियमित औषधि सेवन गर्न नपाएपछि उनको स्वास्थ्यमा थप जटिल समस्या निम्तिएपछि कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा सहयोग जुटाएर पुःन अस्पताल लगिएको थियो।

    कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप–सभापति बिष्टको पहलमा ६७ हजार ७८० रुपैयाँ आर्थिक सहयोग रकम जुटे लगत्तै मनोजलाई अस्पतालतर्फ हिँडाइएको थियो। आफन्त तथा शुभेच्छुकबाट जुटेको रकम सकिएपछि डिस्चार्जका क्रममा अझै २० हजारको अभाव भएको बाबुरामले बताए। हाल डिस्चार्जका क्रममा लाग्ने रकम पनि सहयोगी तथा शुभेच्छुकबाट जुटाउने काम भइरहेको युवा नेता बिष्टले बताए।

    परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तान हुन्। विभिन्न अस्पताल चाहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा बिरामी छोरालाई घर फर्काएका बाबुराम तामाङले बिष्टलाई सहयोगका लागि गुहारेका थिए। बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पीडित भएका मनोजको भिडियो खिचेर देश विदेशका दातामाझ सहयोग अभियान चलाएका थिए।

    मनोजलाई सहयोग गर्नका लागि बाबुराम तामाङको नाममा कृषि बिकास बैंकको खाता नम्बर ११२५२०१८२४६७००१७ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

    भिडिओमा हेर्नुहोस् उनको सुरुको अवस्था 

    https://www.facebook.com/messenger_media/?thread_id=100035436763818&attachment_id=883048322475228&message_id=mid.%24cAAAAD4TAiOF-t-QlRV4hp9gqSbGs

    images
    images

    प्रकाशित :आषाढ ५, २०७८ शनिवार - १७:१०:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij