• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मझुवागढीमा चिन्डोको स्तम्भ शिलान्यास

मझुवागढीमा चिन्डोको स्तम्भ शिलान्यास

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 14.4K
    SHARES
  • images
    मझुवागढीमा चिन्डोको स्तम्भ शिलान्यास
    images
    images
    images

    असार १, खोटाङ -  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगनरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीमा वावु (चिन्डो)को प्रतिमा निर्माण गरिने भएको छ ।

    images

    दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीमा पर्यटन मन्त्रालयको १२ लाख बजेटमा १३ फिट अग्लो वावु (चिन्डो)को स्तम्भ निर्माण गरिने भएको हो ।

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले ९ फिटको पिलर सहित २२ फिट अग्लो हुने मझुवागढी वावु (चिन्डो)को स्तम्भ शिलान्यास गर्नुभएको छ ।

    नगरपालिकाको व्यापारिक केन्द्रकारुपमा रहेको दिक्तेलबजार नजिकै रहेको मझुवागढीको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने लक्ष्यका साथ किरात राईको सँस्कृति र परम्परासँग सम्वन्धित वावु (चिन्डो) निर्माण गर्न लागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष किसन राईले बताउनुभयो ।

    images

    समुन्द्र सतहदेखि करिब २ हजार मिटर उचाइमा पर्ने मझुवागढीमा फाइवरको १२० केजीको वावु (चिन्डो)को प्रतिमा निर्माण गर्न लागिएको हो । वावु अर्थात चिन्डो किरात राई समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा अनिवार्य उपयोग गरिन्छ ।

    images

    वावु (चिन्डो)को जग र पिलर भने ढुंगा, इटा, गिटी बालुवाबाट निर्माण गरिने छ । वावु (चिन्डो) निर्माणका लागि पर्यटन मन्त्रालयले नगरपालिकामार्फत बजेट उपलव्ध गराएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो ।

    मझुवागढीमा घुमफिर, दृश्यावलोकन तथा दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड हुने गरेको छ ।

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - १५:३७:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij