• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


साकेलामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना

साकेलामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना

images

प्रभाव न्यूज

२७ जेठ २०७८
  • 19.3K
    SHARES
  • images
    साकेलामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना
    images
    images
    images

    जेठ २७, खोटाङ -  खोटाङको साकेला गाउँपालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ। सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

    images

    गत बैसाख २८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र बैसाख २४ गते केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले बुधबार साकेला गाउँपालिकामा सोही प्रकृतिको आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

    साकेला गाउँपालिकामा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका हुन्। कार्यालयमा एक जना वैध र एक जना कार्यालय सहयोगी नियुक्ती गरेर गाउँपालिकाले उपलव्ध गराएको स्थानबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

    नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुध बद्र्धक औषधि वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य वद्र्धन गर्ने औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए।

    images

    ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलव्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ।’

    images

    साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत रविन मगर लगायतको उपस्थितिमा आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको हो।

    कोभिड–१९ को महामारीका बेला भिडभाड गर्न रोक लगाइएको भए पनि स्वास्थ्य सम्वन्धी कार्यालय भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको जनाइएको छ।

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका तीन स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको जनाएको छ।

    जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले साकेला गाउँपालिका–२ रतन्छामा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल निरिक्षण गरेका छन्।

    images
    images

    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १७:४३:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij