• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा १३१२ जनालाई संक्रमण हुँदा ५४६ जनाले जिते कोरोना

खोटाङमा १३१२ जनालाई संक्रमण हुँदा ५४६ जनाले जिते कोरोना

images

प्रभाव न्यूज

२६ जेठ २०७८
  • 15.1K
    SHARES
  • images
    खोटाङमा १३१२ जनालाई संक्रमण हुँदा ५४६ जनाले जिते कोरोना
    images
    images
    images

    जेठ २६, खोटाङ - खोटाङका ५४६ जनाले संक्रमितले कोरोना जितेका छन्। स्वास्थ्य कार्यालय खोटाङका अनुसार बुधबारसम्ममा कुल १ हजार ३१२ जनालाई संक्रमण हुँदा २४३ पुरुष र १४७ महिलाले संक्रमण जितेका हुन् ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २०२ जना, हलेसी तुवाचुङ नगरपालिकाका ९९ जना, रावाबेँसी गाउँपालिकाका ५० जना, केपिलासगढी गाउँपालिकाका १० जना, ऐसेलुखर्क गाउँपालिकाका ४१ जना, जन्तेढुंगा गाउँपालिकाका ३८ जना, खोटेहाङ गाउँपालिकाका २४ जना, साकेला गाउँपालिकाका ५४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १९ जना र बराहपोखरी गाउँपालिकाका ९ जनाले संक्रमण जितेका हुन् ।

    ५४६ जनाले संक्रमण जित्दा र ५ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ७६१ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २९९ जना, हलेसी तुवाचुङ नगरपालिकामा ८६ जना, रावाबेँसी गाउँपालिकामा ४४ जना, केपिलासगढी गाउँपालिकामा ५० जना, ऐसेलुखर्क गाउँपालिकामा ७१ जना, जन्तेढुंगा गाउँपालिकामा २१ जना, खोटेहाङ गाउँपालिकामा ३४ जना, साकेला गाउँपालिकामा ६६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ७४ जना र बराहपोखरी गाउँपालिकामा १६ जना सक्रिया संक्रमित छन् ।

    images

    जिल्लामा हालसम्म ४ हजार २३० जनाको एन्टीजेन र १ हजार ५१४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३१२ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images

    जिल्लाका १० वटै स्थानीय तहमा हाल एन्टीजेन परीक्षण र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । १० स्थानीय तह रहेको जिल्लामा हालसम्म २३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

    संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ५ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    हालसम्म २५ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने ३१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ७०५ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images
    images

    प्रकाशित :जेठ २६, २०७८ बुधवार - २१:१८:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij