• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग

खोटाङका कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग

images

प्रभाव न्यूज

२६ जेठ २०७८
  • 12.3K
    SHARES
  • images
    खोटाङका कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग
    images
    images
    images

    जेठ, २६ खोटाङ - नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ बाट संक्रमित पत्रकारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

    images

    समाचार संकलनका दौरान संक्रमण भएपछि उपचार गरेर निको भएका पत्रकारलाई महासंघले केही समयअघि स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषबाट आर्थिक सहयोग गरेको हो ।

    चार जना संक्रमितमध्ये महासंघले बुधबार पत्रकार सविना अछामेलाई घरैमा पुगेर नगद ५ हजार, मास्क र सेनीटाइजर प्रदान गरेको हो । महासंघका अध्यक्ष दिलीप खत्रीले पत्रकार अछामेलाई नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    महासंघको सोमबारको बैठकले कोभिड–१९ बाट संक्रमित भएका पत्रकार अछामेसहित महासंघकै उपाध्यक्ष टिवन राई, सचिव लोकमणी रिजाल र खोटाङ एफएमका पत्रकार खिलन राईलाई जनही पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

    images

    पत्रकार महासंघले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा १७ दिनमै ९ लाख रकम जम्मा भइसकेको छ । महासंघको गत जेठ ९ गतेको बैठकले जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी पत्रकार सहायता कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

    images

    विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको १० लाखको आपतकालीन सहायता कोषमा हाल जिल्ला तथा जिल्ला बाहिरका पत्रकार, जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजसेबी, अभियान्ता लगायतबाट स्वेच्छिक रुपमा सहयोग प्राप्त भइरहेको महासंघका अध्यक्ष खत्रीले बताए ।

    सहयोग रकम नेपाल पत्रकार महासंघको नाममा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण नीजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी महासंघले सहायता कोष स्थापना गरेको हो ।

    ‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघकातर्फबाट थोरै भए पनि सहयोग गर्ने र राहतको महसुस गराउने प्रयास थालिएको हो ।’

    images
    images

    प्रकाशित :जेठ २६, २०७८ बुधवार - २१:१४:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij