जेठ २४, खोटाङ - खोटाङका ४६३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार २२१ जनालाई संक्रमण हुँदा २२१ पुरुष र १३४ महिलाले संक्रमण जितेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८१ जना, हलेसी तुवाचुङ नगरपालिकाका ७० जना, रावाबेँसी गाउँपालिकाका ४२ जना, केपिलासगढी गाउँपालिकाका १० जना, ऐसेलुखर्क गाउँपालिकाका ४१ जना, जन्तेढुंगा गाउँपालिकाका ३८ जना, खोटेहाङ गाउँपालिकाका ९ जना, साकेला गाउँपालिकाका ५४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ९ जना र बराहपोखरी गाउँपालिकाका ९ जनाले संक्रमण जितेका हुन् । ४६३ जनाले संक्रमण जित्दा र ५ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संखा ७७३ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ९८ जना, रावाबेँसी गाउँपालिकामा ३९ जना, केपिलासगढी गाउँपालिकामा ३७ जना, ऐसेलुखर्क गाउँपालिकामा ७१ जना, जन्तेढुंगा गाउँपालिकामा २१ जना, खोटेहाङ गाउँपालिकामा ४९ जना, साकेला गाउँपालिकामा ६१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ८० मा जना र बराहपोखरी गाउँपालिकामा १५ जना सक्रिया संक्रमित छन् । जिल्लामा हालसम्म ३ हजार ७३३ जनाको एन्टीजेन र १ हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २२१ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा हाल एन्टीजेन परीक्षण र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । १० स्थानीय तह रहेको जिल्लामा हालसम्म २३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ५ संक्रमितको मृत्यु भइसकेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म २४ जना जिल्ला बाहिर रेफर भएका छन् भने ३२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।
