• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु

images

प्रभाव न्यूज

१९ जेठ २०७८
  • 149.4K
    SHARES
  • images
    खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु
    फाइल तस्विर
    images
    images
    images

    खोटाङ -  बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घट्ना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८-२० वर्षका रोशन राउतको मृत्यु भएको हो । लैकुखोला नजिकको टर्निङमा ट्याक्टर पल्टिँदा राउतको घट्नास्थलमै मृत्यु भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । वडा कार्यालय धितुङको निर्माणाधिन भवनका लागि बालुवा लिन जानेक्रममा सडकमा ट्याक्टरको अगाडिको भाग पल्टिएको र सोही भागले किच्दा चालकको मृत्यु भएको जनाइएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको वडासदस्य कार्कीले बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ १९, २०७८ बुधवार - ०९:४२:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij