कोरोना भाइरसको संक्रमणबाट खोटाङका तीन पुरुषको एकैदिन मृत्यु भएको छ।
मंगलबार केपिलासगढी गाँउपालिका वडा नम्बर–४ बाक्सिलाका ८२ वर्षीय पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–७ चिउरीडाँडाका ६२ वर्षीय पुरुष र खोटेहाङ गाउँपालिका वडा नम्बर–८ सिम्पानीका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिए ।
बाक्सिलाका पुरुषको घरमै, चिउरीडाँडाकाका पुरुषको काठमाडौं र सिम्पानीका पुरुषको विराटनगरमा उपचारकोक्रममा मृत्यु भएको बताइएको छ। सिम्पानीका पुरुषलाई केही दिन अघि कोरोना पुष्टि भएको र अस्पताल भर्ना गरिएको थियो ।
उनको मृत्युपश्चात भने कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको आफन्तले बताएको सिक्देलको भनाई छ।