• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङलाई थप स्वास्थ्य सामग्री

खोटाङलाई थप स्वास्थ्य सामग्री

images

प्रभाव न्यूज

१८ जेठ २०७८
  • 15.7K
    SHARES
  • images
    खोटाङलाई थप  स्वास्थ्य सामग्री
    images
    images
    images

    प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइएको छ। प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईमार्फत्  अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीई, मास्क, सेनिटाइजर लगायतमा स्वास्थ्य सामग्री ल्याइएको हो।

    images

    प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टिजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्ड सेनिटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो।

    स्वास्थ्य सामग्री लिएर आएकी सामाजिक विकास मन्त्री राईले मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सरोकारवालाको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन्। गत वैसाख ३० गते ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएकी मन्त्री राई सोमबार थप स्वास्थ्य सामग्रीसहित जिल्ला आएकी हुन्।

    मन्त्री राईले जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, डिएसपी नारायणप्रसाद चिमरिया, डा. बैभव मल्लिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।

    images

    images
    images

    प्रकाशित :जेठ १८, २०७८ मंगलवार - १८:३२:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij