• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा साकेला नाँच्दै गरेको अवस्थामा सात जना नियन्त्रणमा

खोटाङमा साकेला नाँच्दै गरेको अवस्थामा सात जना नियन्त्रणमा

images

प्रभाव न्यूज

१७ जेठ २०७८
  • 37.8K
    SHARES
  • images
    खोटाङमा साकेला नाँच्दै गरेको अवस्थामा सात जना नियन्त्रणमा
    images
    images
    images

    खोटाङमा साकेला नाँच नाच्दै गरेको अवस्थामा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्मास्थित साकेला थानमा साकेला नाँच नाचिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

    images

    बाक्लो उपस्थितिमा साकेला नाँच प्रदर्शन गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याई सम्झाएर पठाइएको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए।

    विगत लामो समयदेखी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले जिल्लालाई पनि गाँजीरहेको अवस्थामा बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवालीलगायतका सामाजिक कार्य नगर्न भनिएको अवस्थामा पनि उनीहरुले साकेला नाँच नाचिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको चिमोरियाको भनाई छ।

    मानिस भेला भएको, अनावश्यकरुपमा घर बाहिर निस्कने र भेला जम्मा गरि सामाजिक कार्य गरेको थाहा पाए तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न जिल्लाभर सुरक्षा निकायलाई परिचालन गरिएको उनको भनाई छ।

    images

    जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरि समुहमा गरिने कुल पुजा (देवाली), साकेला पर्व लगायतका विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्ने, मनाउनै पर्ने भए घर परिवारभित्रका सदस्यहरुले मात्र विधि फुकाउने व्यवस्था गरि मनाउने, विकास निर्माण सम्वन्धि कार्यहरु संचालन गर्दा निर्माण कार्यसँग सम्वन्धित कर्मचारी तथा कामदारलाई निर्माणस्थलमै राख्ने (खाने बस्ने) व्यवस्था मिलाएर मात्र संचालन गर्ने भनि विज्ञप्ती जारी गरेको अवस्था छ।

    images

    बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवालीलगायतका सामाजिक कार्य नगर्न भनिएको अवस्थामा कोही कसैले जवरजस्त यस्ता कार्य गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

    जिल्लाका १० वटै स्थानीय तहमा कतै विहेमा, कतै गुन्युचोलीमा सहभागीता हुँदा, कतै, रुद्रीपुजामा कतै भोजभतेर र कतै बाहिरबाट घर आएर क्वारेन्टिनमा नबसी तथा परीक्षण नगराई लखर – लखर गाउँ डुल्दिँदा र स्वास्थ्य सुरक्षाका न्यूननतम मापदण्ड पालना नगर्दा सल्केको कोरोना अहिले गाउँका कुनाकन्दरामा भुसको आगो झै फैलिएको छ।

    images
    images

    प्रकाशित :जेठ १७, २०७८ सोमवार - २०:४०:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij