• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


महामारीको लडाइँमा डटेर खटिरहेका एक योद्धा, संक्रमितको उद्धारदेखी घाटसम्म पनि उनै !

महामारीको लडाइँमा डटेर खटिरहेका एक योद्धा, संक्रमितको उद्धारदेखी घाटसम्म पनि उनै !

images

प्रभाव न्यूज

१६ जेठ २०७८
  • 29.3K
    SHARES
  • images
    महामारीको लडाइँमा डटेर खटिरहेका एक योद्धा, संक्रमितको उद्धारदेखी घाटसम्म पनि उनै !
    images
    images
    images

    खोटाङ -  सिंगो विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को संक्रमणदर तीव्र गतिमा फैलिरहेको छ। यही दरमा संक्रमण फैलिरहने हो भने कुनै न कुनै दिन सबैजना कोभिड–१९ को मारमा पर्ने निश्चित प्रायः छ।

    images

    त्यसमाथि ‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ। हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन। संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव दाहसंस्कारका क्रममा नेपाली सेनालाई अघि सार्ने गरिएको छ।

    एकातिर कोभिड–१९ ले ज्यान लिने मनोवैज्ञानिक त्रासमा बसिरहेका संक्रमित वा उसका परिवार छरछिमेकको साथ नपाउँदा थप हतोत्साहित बन्ने अवस्था छ। खोटाङकै विभिन्न स्थानमा संक्रमण पुष्टि भएका घरमा आफन्त जान त्रास मानिरहेका छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संक्रमितको नजिक गएर सान्त्वना दिने, रोगसँग जुध्नका लागि ढाडस दिने वा स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै मनोबल उच्च बनाउने खालका परामर्श दिने व्यक्तिको अभाव छ।

    के सबै मानवको साझा समस्याका रुपमा देखा परेको कोभिड–१९ को संक्रमणबाट सधैँ यसरी भागेर बाँच्न र बचाउन सम्भव छ ? ‘अव सँधै यसरी पछि हटेर महामारीको सामना गर्न सम्भव छैन। सबैजना डराएपछि संक्रमितलाई कसले सहयोग गर्ने? आफू संक्रमित भएको अवस्थामा कसले सहयोग गर्छ?’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठ भन्छन्, ‘कुनै न कुनै दिन सबैलाई संक्रमण हुने अवस्था आउन सक्छ। त्यसका लागि हटेर होइन डटेर अघि बढौं।

    images

    सामाजिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सबैलाई सहयोग गर्नुको विकल्प छैन।’ केही समयअघि दिक्तेलमा एक संक्रमितको मृत्यु हुँदा शव उठाउन चुनौती निम्तियो। दाजुभाइले दाहसंस्कार गर्ने वा नेपाली सेनालाई जिम्मा दिने भन्ने विषयमा लामै छलफल चल्यो। अन्ततः त्रासको त्यो घडीमा वडासदस्य श्रेष्ठकै अगुवाईमा नेपाली सेनाको सहयोगमा शव दाह संस्कार गरियो। नेपाली सेनाबाट शव घाटमा लैजाने र सलामी दिने बाहेकका अधिकांश संस्कारजन्य काम आफैले गर्नु परेको श्रेष्ठ बताउँछन्।

    images

    ‘मिलीटरी पनि तीन जनामात्र खटिने व्यवस्था रहेछ। त्यो पनि सलाम हानेर फर्कियो। टोलीमा जेठो म नै थिएँ। साथमा गएका भाइहरुलाई नडराउ भनेर सम्झाएँ र दाससंस्कार गर्ने काम गरियो,’ वडा सदस्य श्रेष्ठले भने, ‘कोरोनाले एकदिन सबैलाई भ्याइहाल्छ। भ्याउने भएपछि किन डराउने! तपाई पनि डराउने, म पनि डराउने, अर्को पनि डराउने, सारा डराउने भएपछि कसले कसलाई सहयोग गर्ने टुंगो भएन! त्यही भएर सुरक्षित तरिकाले साथ सहयोग लिने र दिने वातावरण बनाउन आवश्यक छ।’ दाह संस्कारपछि फर्किएका वडा सदस्य श्रेष्ठले गत जेठ ८ गतेका दिन सामाजिक सञ्जालमा ‘कोरोनासँग हटेर होइन डटेर अगाडि बढौं, सामाजिक दूरी कायम राखी सबैलाई सहायोग गरौं’ लेखेका थिए। हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा फैलिसकेको छ।

    यसबीचमा वडा कार्यालयका तर्फबाट संक्रमितलाई मास्क र सेनीटाइजर वितरणका क्रममा पनि वडा सदस्य श्रेष्ठ अघि सरे। प्रत्येक संक्रमितका घरमा पुगे, संक्रमित र उसका परिवारसँग स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भेटघाट गरे। गत जेठ १० गतेमात्र दिक्तेल बजारकै एक संक्रमितलाई जिल्ला अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर ग¥यो। अस्पतालबाट हेलिकप्टर ल्याण्ड भएको ठाउँसम्म बिरामी बोक्नका लागि पनि कतिपय स्थानीय त्रास माने। त्यो अवस्थामा वडा सदस्य श्रेष्ठ पिपिइ सेट पहिरिएर बिरामी बोक्न अघि सरे।

    ‘म एक जना मर्दा दश जनाको उद्दार हुन्छ भने म चैं तयार छु भनेर अघि सरेँ। कसैलाई संक्रमण भयो भने आफूलाई पनि समस् हुन्न या पर्छ भनेर भागेर सम्भव। मेरो घरमा परो, अर्कोको घरमा परो भनेर भाग्न हुन्न । हामी भागेर जोगिन्छौं भन्ने अवस्था देखिन्न। लाग्नेलाई लाग्दै गर्छ, उपचार गर्दै जानुपर्छ भन्ने हो,’ श्रेष्ठले भने, ‘यसरी संक्रमितको उद्दारमा खट्दा आफैलाई संक्रमण भयो कि भन्ने त्रास त थियो। तर, पीसीआर चेक गर्दा बिहीबार नेगेटिभ रिपोर्ट आयो। यसले झनै हौसला मिलेको छ।’

    उनले जेठ १५ गते दिक्तेलको हाटडाँडाकी ७६ वर्षीया संक्रमित बृद्धालाई पनि थप उपचारका लागि काठमाडौं पठाउन आफैं खटेर सहयोग गरे। संक्रमण भएको अवस्थामा अथवा संक्रमणका कारण कसैको मृत्यु भएको अवस्थामा दाजुभाइ, छरछिमेक र इष्टमित्रबाट मनोवल उच्च बनाइदिने भूमिका निर्वाह गर्नुपर्ने वडा सदस्य श्रेष्ठको धारणा छ।

    ‘सुरक्षाका मापदण्ड अपनाएर संक्रमित परिवारको नजिक जाने, के कस्तो छ भनेर सोध्न सक्नुपर्छ। नजिक कोही नजाने हो भने संक्रमितको हालत कस्तो होला, मनोवल कस्तो होला,’ उनले भने, ‘त्यही भएर डराउनु भएन। संक्रमितको घरमा नछिर्ने, हेला गर्ने, मनोवल गिराइदिने काम कोहीबाट हुनुहुन्न।’

    images
    images

    प्रकाशित :जेठ १६, २०७८ आइतवार - १६:५२:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij