• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


शक्तिशाली चक्रवात नेपालमा पनि : मौसमविद्ले दिए यस्तो चेतावनी

शक्तिशाली चक्रवात नेपालमा पनि : मौसमविद्ले दिए यस्तो चेतावनी

images

प्रभाव न्यूज

१३ जेठ २०७८
  • 32.3K
    SHARES
  • images
    शक्तिशाली चक्रवात नेपालमा पनि : मौसमविद्ले दिए यस्तो चेतावनी
    images
    images
    images

    मौसमविद्हरुले धेरै शक्तिशाली भनेको चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेको छ। उक्त चक्रवातको असरस्वरुप अहिले देशका विभिन्न भागमा पानी परिरहेको र आउँदा केही दिनसम्म पनि यसको असर नेपालका भू–भागमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

    images

    यसबाट बच्न सतर्क रहन मौसमविद्को आग्रह छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । र उक्त प्रदेशका तराईका भू–भागमा उच्च बेगको हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेको छ ।

    मौसमविद् मञ्जु बासी प्रि–मनसुनको सिजनमा हावाहुरी चल्ने भए पनि अहिले चक्रवातका कारण सामान्य समयमाभन्दा ठूलो हावाहुरी चल्ने भएकाले त्यसबाट बच्न सतर्क रहन आग्रह गर्छिन्। गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    images

    काठमाडौंमा आज दिउँसो केहीबेर पानी रोकिए पनि त्यसपछि पुनः पर्न सुरु हुने छ। “आज विहानैबाट पानी परिरहेको छ। दिउँसो केही समय रोकिए पनि फेरि वर्षा सुरु हुन्छ । दिनमा भन्दा राति अझ धेरै पानी पर्नेछ,” मौसमविद् मञ्जु भन्छिन्, “गत २४ घण्टामा २८.२ मिलिमिटर पानी परेको थियो । आज त्योभन्दा धेरै पानी पर्नेछ ।”

    images

    यो क्रम शनिबार साँझसम्म रहने उनको भनाइ छ। शनिबार साँझबाट क्रमशः खुल्दै जाने देखिएको मौसमविद् मञ्जु बताउँछिन्।

    images
    images

    प्रकाशित :जेठ १३, २०७८ बिहिवार - १०:४३:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij