काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन्। कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको रिपोर्टको नतिजा नेगेटिभ देखिएको हो।
प्रवक्ता शर्माले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफूसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन्। प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताएका छन्।
“म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु”, उनले भनेका छन्। उनको वैशाख १९ गते गरिएको पीसीआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।