• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

images

प्रभाव न्यूज

११ जेठ २०७८
  • 12.3K
    SHARES
  • images
    थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ। यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए ।

    यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन्। यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ। हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ।

    images

    अहिलेसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    images

    images
    images

    प्रकाशित :जेठ ११, २०७८ मंगलवार - १७:३२:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij