खोटाङको सदरमुकाम दिक्तेल बजार घर भएका एक युवाको निधन भएको छ।
दिक्तेलस्थित संगमपार्क घर भएका २८ वर्षीय नविन श्रेष्ठको निधन भएको हो।
उनलाई १२/ १३ दिनअघि कोरोना पुष्टि भएको थियो।
अध्ययनको शिलशिलामा काठमाडौं बस्दै आएका उनको आइतबार साँझ उपचारकोक्रममा निधन भएको आफन्तले जनाएका छन्।