• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा आइतबार थप ९४ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?

खोटाङमा आइतबार थप ९४ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?

images

प्रभाव न्यूज

९ जेठ २०७८
  • 20.4K
    SHARES
  • images
    खोटाङमा आइतबार थप ९४ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?
    images
    images
    images

    खोटाङ -  खोटाङमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

    images

    आइतबार प्रभाव न्यूज डेक्सले यो समाचार तयार पार्दासम्म जिल्ला अस्पतालमा ७ जना, जन्तेढुंगा गाउँपालिकामा १ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५ जना, साकेला गाउँपालिकामा ३२ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ जना, रावाबेंशी गाउँपालिकामा १८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र केपिलासगढी गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले खोटाङले जनाएको छ।

    योसँगै जिल्लाभरी संक्रिय संक्रमित ४३१ पुगेको छ। हालसम्म २९ जनाले कोरोना जित्दा २ जनाले कोरोनाबाट ज्यान गुमाएका छ्न्।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५३ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४५ जना, साकेला गाउँपालिकामा ५२ जना, ऐसेलुखर्क गाउँपालिकामा ४१ जना, रावाबेसी गाउँपालिकामा ४२ जना, केपिलासगढी गाउँपालिमा १४ जना, खोटेहाङ गाउँपालिकामा २२ जना, जन्तेढुंगा गाउँपालिकामा ३९ जना तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २३ जना संक्रिय संक्रमित छन्।

    images

    images
    images

    प्रकाशित :जेठ ९, २०७८ आइतवार - २०:१४:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij