• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीलाई प्रचण्ड - नेपाल समूहले भोलि काठमाडौंमा अन्तिम धक्का दिने !

ओलीलाई प्रचण्ड - नेपाल समूहले भोलि काठमाडौंमा अन्तिम धक्का दिने !

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 21.5K
    SHARES
  • images
    ओलीलाई प्रचण्ड - नेपाल समूहले भोलि काठमाडौंमा अन्तिम धक्का दिने !
    images
    images
    images

    प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले काठमाडौंमा आयोजना गर्न लागेको जनसभाका लागि प्रदेश २ बाट ३० हजार कार्यकर्ता ल्याउने तयारी गरेको छ।

    images

    आफ्नै दलका प्रथम अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड समूहले भोली शुक्रबारको जनसभालाई अन्तिम धक्काका रुपमा वयान गर्दै आएको छ।

    त्यसका लागि समूहका अध्यक्ष प्रचण्डले केही दिनअघि ‘अब शाकाहारी आन्दोलनले नहुने’ भन्दै कार्यकर्तालाई उत्तेजित पार्ने प्रयास गरेका थिए।

    अध्यक्ष प्रचण्डले नै ‘ननभेज’ आन्दोलनमा उत्रन भन्दै कार्यकर्तालाई आवेगमय र आक्रामक आन्दोलनका लागि आह्वान गरिसकेको अवस्थामा सातै प्रदेशबाट मानिसहरु उतारेर काठमाडौंमा दुई लाख संख्या पु-याउने रणनीति बनाएको खुलेको छ।

    images

    प्रदेश २ बाट कार्यकर्ता काठमाडौं ल्याउनका लागि सवारीसाधन रिजर्भ गर्ने काम सुरु भइसकेको एक स्थानीय नेताले बताए। उनले कार्यकर्तालाई काठमाडौंका भ्रमण दौरान खानपिनको पनि पूरा व्यवस्था गर्ने बताए।

    images

    यसबाहेक अन्य प्रदेशबाट पनि कार्यकर्तालाई काठमाडौं उतार्न तयारी युद्धस्तरमा चलिरहेको बताइएको छ।

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १३:२१:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij