• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण

कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण

images

प्रभाव न्यूज

४ जेठ २०७८
  • 11.6K
    SHARES
  • images
    कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण
    images
    images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले कोभिड-१९ बाट संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

    images

    कोभिड-१९ बाट संक्रमण पूष्टि भएपछि हाल होमआइसोलेसनमा बसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो। वडा कार्यालयकै बजेटबाट खरिद गरेर १५ संक्रमितलाई घर-घरमा पुगेर जनही एक बोत्तल सेनिटाइजर र १० वटा मास्क वितरण गरिएको दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए।

    संक्रमित होमआइसोलेसनमा बसिरहेको बेला अन्यलाई संक्रमण सर्न नदिनका लागि वडा कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्रमशः अन्य संक्रमितलाई पनि स्वास्थ्य सामग्री वितरण तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडाध्यक्ष आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, महिला वडा सदस्य अञ्जना बस्नेत, वडासचिव रेखा राई लगायतको टोलीले घर–घरमा पुगेर संक्रमितका आफन्तमार्फत मास्क र सेनिटाइजर वितरण गरेको हो ।

    images

    वडा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पनि ४ लिटर सेनिटाइजर र २ सय थान मास्क प्रदान गरेको छ।

    images

    images
    images

    प्रकाशित :जेठ ४, २०७८ मंगलवार - १९:५६:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij