काठमाडौं - केही दिन यता मौसममा खरावी आएसँगै देशैभरी चिसो बढेको छ ।
देशका विभिन्न ठाउँमा बाक्लो हुस्सु, सितलहरसँगै चिसो बढेको हो । काठमाडौंको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।
विहान ५ : ४५ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले बताइन ।
काठमाडौंमा आज दिनभर मौसम बदली रहने छ । दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्ने छ ।
तराईका भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । कतिपय ठाउँमा यो मध्यान्हसम्म हटेर गए पनि केही स्थानमा साँझसम्म रहने छ । आज देशभरको मौसम बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् शाक्य बताउँछिन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।