खोटाङ - कोभिड-१९ को महामारीका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सकारुपमा प्रयोगमा ल्याइएको छ।
नगर प्रमुख दिपनारायण रिजालले प्रयोग गर्दै आएको आएको बा २ झ ३४६७ नम्बरको गाडी र उपप्रमुख बिणादेबी राईले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको गाडीलाई एम्बुलेन्सकारुपमा उपयोगमा ल्याइएको हो।
कोभिड-१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पु¥याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठमाण्डौं, बिराटनगर लगायतका अस्पतालमा पु-याउन र ल्याउनमा उपयोग गर्ने गरी नगर प्रमुख रिजाल र उपप्रमुख राईले आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा उपयोगमा ल्याएका हुन्।
शनिबार एक संक्रमितलाई गाडीमार्फत बिराटनगर पठाएर नगरपालिकाको गाडीलाई औपचारिक रुपमा एम्बूलेन्सको रुपमा प्रयोग सुरु गरिएको नगर प्रमुख रिजालले बताए।