• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

images

प्रभाव न्यूज

१३ जेठ २०८३
  • 4.7K
    SHARES
  • images
    जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्
    images
    images
    images

    काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ ।

    images

    जेठ ७ गते बिहीबार विद्यालयमा खेल्ने क्रममा सिमरगाउँका चार वर्षीय बालक एरोन चेपाङ चेपिएर गम्भीर घाइते भएका थिए । चितवनको भरतपुरमा उपचारक्रममा चेपाङको गए राति मृत्यु भएको हो ।

    र्‍याकले थिचेका कारण बालकको आन्द्राका साथै किड्नी, फोक्सो, र मुटु लगायतका संवेदनशील अंगमा संक्रमण फैलिएकाले अवस्था जटिल बनेर उपचार असफल भएको हो । बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र त्यहाँका कर्मचारीहरूको गैरजिम्मेवारपूर्ण कार्यले छोराको ज्यान गएको बताए ।

    बालकका आमा वैदेशिक रोजगारीक्रममा विदेशमा रहेको र छोराको मृत्युको खबरले आमा पनि बेहोस् भएर अस्पतालमा भर्ना गरिएको परिवारजनले बताएका छन् ।

    images

    images
    images

    प्रकाशित :जेठ १३, २०८३ बुधवार - १०:१८:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij