• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

images

प्रभाव न्यूज

१३ जेठ २०८३
  • 2.0K
    SHARES
  • images
    अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य
    images
    images
    images

    काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न निर्देशन दिएको छ ।

    images

    पार्टीको १ नम्बर (कोशी) प्रदेश कार्यसमितिले जारी गरेको पत्रमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने कार्यक्रमका अध्यक्ष साम्पाङको फोटो अनिवार्य गर्न भनिएको हो ।

    उक्त पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षरमा जारी वक्तव्यमा कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङ’को तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ ।

    सोमबार जारी पत्रमा यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याउँदै अध्यक्ष साम्पाङलाई केन्द्रमा राखे प्रचार गर्न थालिएको हो ।

    images

    विगतमा एमालेले आफ्नो प्रचार सामग्री तयार गर्दा र पार्टी कमिटीहरूले कुनै पनि कार्यक्रमको ब्यानर बनाउँदा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो ।

    images

    २९ साउन ०८० को सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।

    त्यसबेला तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयबारे नेता–कार्यकर्तालाई परिपत्र गरिएको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए ।

    images
    images

    प्रकाशित :जेठ १३, २०८३ बुधवार - १०:०३:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij