• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सरकारको कार्यशैलीमा प्रचण्डको असन्तुष्टि, आन्दोलन गर्ने चेतावनी

सरकारको कार्यशैलीमा प्रचण्डको असन्तुष्टि, आन्दोलन गर्ने चेतावनी

images

प्रभाव न्यूज

४ जेठ २०८३
  • 3.9K
    SHARES
  • images
    सरकारको कार्यशैलीमा प्रचण्डको असन्तुष्टि, आन्दोलन गर्ने चेतावनी
    images
    images
    images

    सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

    images

    सरकार नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको बताए ।

    निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको भनाइ छ । सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसम्बन्धी समस्या समाधान नभएको उनको भनाइ छ । “यी विषय अहिले पनि गम्भीर समस्याका रूपमा रहेका छन्,” उनले भने ।”

    संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको प्रचण्डको भनाइ छ । अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ । “झण्डै दुईतिहाइको सरकारबाट जनताले राम्रो कामको अपेक्षा गरेका थिए ।

    images

    सुरुमा सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो । तर, पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजीरहेको देखियो,” उनले भने, “सरकारका सकारात्मक काममा सहयोग गर्ने र दिएका सुझावलाई बेवास्ता गरिए त्यही तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ ।”

    images

    फरक प्रसंगमा उनले पार्टीको महाधिवेशनबाट नयाँ पार्टी निर्माण गर्ने निर्णय भएको जानकारी दिँदै वामपन्थी एकताको विषयलाई पनि अघि बढाइएको बताए । तर, तत्कालै एकता हुने अवस्था भने नरहेको उनको भनाइ छ ।

    images
    images

    प्रकाशित :जेठ ४, २०८३ सोमवार - ०८:५३:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij