• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

images

प्रभाव न्यूज

४ जेठ २०८३
  • 2.2K
    SHARES
  • images
    एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा
    images
    images
    images

    काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

    images

    बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो ।

    पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

    हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ ।

    images

    यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ । आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिए ।

    images

    बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

    images
    images

    प्रकाशित :जेठ ४, २०८३ सोमवार - ०८:४९:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij