• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

images

प्रभाव न्यूज

३ जेठ २०८३
  • 6.0K
    SHARES
  • images
    काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु
    images
    images
    images

    गएराति काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा  २५ वर्षीय जाकिर मन्सुरीको हत्या भएको हो ।

    images

    उनलाई महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले चक्कु प्रहार गरेका थिए । नाताले उनीहरू सालाभिना रहेको पाइएको  छ। जाकिर पनि महोत्तरीकै हुन् । 

    चक्कु प्रहारबाट घाइते जाकिरलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो । त्यसक्रममा राति साढे ९ बजेति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

    images

    जाकिरको शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ ३, २०८३ आइतवार - ०७:५५:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij