• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बाजुरामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु

बाजुरामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु

images

प्रभाव न्यूज

२९ बैशाख २०८३
  • 14.9K
    SHARES
  • images
    बाजुरामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
    images
    images
    images

    बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर एक महिला वडा सदस्यको ज्यान गएको छ ।

    images

    मृतक बुढीगंगा–३ की वडा सदस्य ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    घटना अहिले साँझ साढे पाँच बजेतिरको रहेको जिप्रका बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।

    शाहीका अनुसार बुढीगंगा–३ गुइँगाड भएकी वडा सदस्य थापा बुढीगंगा नगरपालिका–६ को फालासैन बजारबाट पैदलै घर फर्किरहेको अवस्थामा भिरबाट खसेको ढुंगा लागेको थियो ।

    images

    सो ढुंगाले उनलाई धकेलेर पैदलबाटोबाट धकेलेर करिब ५० मिटर तल सडकसम्म लडाएको स्थानीयवासीले प्रहरीलाई जानकारी दिएको इन्स्पेक्टर शाहीले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :बैशाख २९, २०८३ मंगलवार - २१:०४:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij