• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति

images

प्रभाव न्यूज

२२ बैशाख २०८३
  • 17.4K
    SHARES
  • images
    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
    images
    images
    images

    काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।

    images

    मङ्गलबार विद्यार्थी सङ्गठनहरूसँग सम्बन्धित विषयमा उठेका टिप्पणीहरूलाई गम्भीर रूपमा लिँदै आपसी संवाद र समझदारीमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनलाई 'स्लिपर सेल' जस्ताे शब्द प्रयाेग गरिएकाेप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् ।

    नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक रूपमा लोकतन्त्र, अधिकार र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण शक्ति रहँदै आएको उल्लेख गर्दै वक्तव्यमा विगतका सङ्घर्षहरूले वर्तमान व्यवस्थाको निर्माणमा योगदान पुर्‍याएको स्मरण गरिएको छ।

    images

    हाल विद्यार्थी आन्दोलनभित्र देखिएका केही चुनौतीहरूलाई स्वीकार गर्दै तिनको सुधार र सुद‌ृढीकरणका लागि विद्यार्थी सङ्गठनहरू प्रतिबद्ध रहेको पनि जनाइएको छ।

    images

    यसका लागि सरकार, विद्यार्थी सङ्गठन र अन्य सरोकारवालाबिच खुला संवाद र सहकार्य आवश्यक रहेको जोड दिइएको छ।देशको स्थायित्व, प्रगति र उज्ज्वल भविष्यका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।686003497_887087601059725_2641759784035701323_n_JY7ZOAiZAX.jpg

    images
    images

    प्रकाशित :बैशाख २२, २०८३ मंगलवार - २०:३७:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij