• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिए

सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिए

images

प्रभाव न्यूज

१९ बैशाख २०८३
  • 6.6K
    SHARES
  • images
    सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिए
    images
    images
    images

    सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ ।

    images

    शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। 

    जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

    ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए ।’शनिबार बिहान ११ः२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको उनले बताए ।

    images

    साथै उत्खनन गर्ने क्रममा थप ७ थान रेडियो सेट (वाकीटाकी), ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पार्टपूर्जा र १० मिटर फायरिङ केबल समेत फेला परेको प्रहरीले जनाएको छ ।फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ । 

    images

    कालीभक्ति गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।

    बुधबार नै सिद्धीबक्स गण सल्यानबाट उप–सेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा टोली खटिएको थियो । परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तर्गत १९ बाहिनी तुलसीपुर दाङबाट पनि विशेष टोली बोलाइएको थियो ।
      

    images
    images

    प्रकाशित :बैशाख १९, २०८३ शनिवार - १७:१०:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij