• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 2.3K
    SHARES
  • images
    एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग
    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

    images

    गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको एमालेले गृहमन्त्रीबाट राजीनामा मागेको हो। एमालेले सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको हो।

    प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयहरू पारदर्शी, विश्वसनीय र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

    पार्टीले प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको भन्दै सुशासन, जवाफदेहिता र उत्तरदायित्वलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताएका छन् । उनले गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयहरूले केवल आशंका मात्रै नभई विगतका सम्भावित अनियमितता र विसंगतिहरू उजागर गर्न सक्ने संकेत देखिएको उल्लेख गरेका छन् ।

    images

    एमालेले कुनै पनि अनुसन्धान शक्ति वा प्रभावबाट मुक्त हुनुपर्ने भन्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयमा गहिरो छानबिन गर्न आग्रह गरेको छ।

    images

    एमालेले गृहमन्त्री स्वयमले अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने पनि माग गरेको छ। एमालले दण्डहीनताको अन्त्य र पारदर्शी शासन प्रणालीप्रति आफ्नो प्रतिबद्धता कायम रहेको स्पष्ट पारेको छ।

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - १६:५६:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij