• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


उदयपुरको बेल्टारमा भीषण आगलागी, २ जनाको जलेर मृत्यु

उदयपुरको बेल्टारमा भीषण आगलागी, २ जनाको जलेर मृत्यु

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 1.6K
    SHARES
  • images
    उदयपुरको बेल्टारमा भीषण आगलागी, २ जनाको जलेर मृत्यु
    images
    images
    images

    उदयपुर - उदयपुरको चौदण्डिगढी नगरपालिका-७ बेल्टारमा भएको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मङ्गलबार राति २:४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।

    images

    बेल्टार स्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर एक्कासी आगोले लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेर पूर्ण रूपमा नष्ट बनाएको प्रहरीले जनाएको छ ।

    घरमा सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।

    उनका अनुसार आगलागीमा परी घाइते भएकी अस्मिता खड्काको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

    images

    आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान नियन्त्रणमा लिइएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - ०८:१५:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij