• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 2.6K
    SHARES
  • images
    गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण
    images
    images
    images

    ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिने स्पष्टीकरण सोधेको छ।

    images

    केही दिनअघि उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा रहेको छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो ।

    उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर गरेका थिए । यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    समितिका अनुसार तामाङले जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहँदा पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए ।

    images

    उक्त कार्य कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा १ (क), (ख), (ग), (ङ) र (च) अनुसार अनुशासन उल्लंघन भएको ठहर गरिएको समितिले जनाएको छ। यसै आधारमा विधानको धारा ३४ उपधारा ८ (घ) बमोजिम तामाङसँग ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - २२:४७:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij