• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विवादमा तानिएपछि गृहमन्त्री आवद्ध हामी नेपालको वेबसाइट बन्द

विवादमा तानिएपछि गृहमन्त्री आवद्ध हामी नेपालको वेबसाइट बन्द

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 2.3K
    SHARES
  • images
    विवादमा तानिएपछि गृहमन्त्री आवद्ध हामी नेपालको वेबसाइट बन्द
    images
    images
    images

    काठमाण्डौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा पक्राउ परेका विवादस्पत व्यपापारी दीपक भट्ट कम्पनीमा व्यापारीक साझेदारी रहेको प्रमाणहरु सार्वजनीक भए पछि गृहमन्त्री सुधन गुरुङ विवादमा तिानिएका छन् ।

    images

    विवादमा उनी तानिएसंगै उनी सम्वद्ध हामी नेपाल नामक सामाजिक संस्थाको वेवसाइट खुल्न छाडेको छ । हिजो साँझवाट मन्त्री गुरुङ र वयापारी भट्टबीच व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भईरहेका छन् ।

    गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण सार्वजनिक भएपछि उनि थप विवदमा तानिएका छन् ।

    बालेन शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका सुधन फागुन २१ को निर्वाचनमा गोरखा(१ बाट विजयी भएका थिए। रास्वपाले करिब दुई(तिहाइ बहुमत ल्याएपछि चैत १३ गते प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेको थियो।

    images

    सुधन गुरूङले पनि गृहमन्त्रीका रूपमा त्यसै दिन शपथ लिएका थिए। हामी नेपाल’ सन् २०१५ पछि स्थापना भई २०२० मा औपचारिक रूपमा दर्ता भएको गैरनाफामूलक संस्था हो। संस्थाले सामाजिक सेवा तथा युवा लक्षित अभियान सञ्चालन गर्दै आएको थियो।

    images

    संस्थाका संस्थापक स्वयं गृहमन्त्री गुरुङ रहेका कारण वेबसाइट बन्द हुनु चासोका साथ हेरिएको छ। वेबसाइट नखुल्नु प्राविधिक समस्या हो वा जानाजानी हटाइएको हो भन्नेबारे आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक भएको छैन।

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - १२:०४:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij