• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


गगन थापासँग पूर्णबहादुर खड्काले गरे यस्तो बार्गेनिङ

गगन थापासँग पूर्णबहादुर खड्काले गरे यस्तो बार्गेनिङ

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 11.1K
    SHARES
  • images
    गगन थापासँग पूर्णबहादुर खड्काले गरे यस्तो बार्गेनिङ
    images
    images
    images

    पार्टीमा विवाद चर्किएपछि आइतबार साँझ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पूर्णबहादुर खड्काको निवासमै पुगेर उनलाई भेट गरेका थिए।

    images

    भेटमा खड्काले सभापति थापासँग केही असन्तुष्टिहरु जनाएका थिए। भेटको क्रममा सभापति थापाले देउवा समूहले गरेका गतिविधिहरूले पार्टीलाई कमजोर पार्ने बताएपछि खड्काले आफूहरूको नियत त्यस्तो नभएको बताए ।

    "हाम्रो नियत त्यस्तो होइन तर राजनीति नै सकाउने गरी तपाईहरुले गरेको गतिविधिले हामीलाई समस्यामा पार्यो।" खड्काले थापासँग भने ।

    कुराकानीकै क्रममा खड्काले थापासँग बार्गेनिङ गरेको खुलेको छ। उनले सभापतिसँग मिलेर काम गर्न मन भएको तर पछिल्ला कारबाही लगायतका विषयहरुले आफूहरुलाई अप्ठ्यारो बनाएको बताए।

    images

    सो भेटमा खड्काले आफूमाथि भएको स्पष्टीकरण फिर्ता लिन थापासँग माग गरेका थिए। खड्काले थापासँग भने, "मलाई सोधेको स्पष्टीकरण फिर्ता लिनुस्, आउँदो महाधिवेशनमा उपसभापति जिताउने जिम्मा लिनुस्। म तपाईंसँग मिल्न तयार छु।"

    images

    खड्काको सोही मागअनुसार सोमबार बस्ने बैठकबाट सभापति थापाले खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी थालेका छन्।

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - ११:४५:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij