• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बढ्यो गृहमन्त्री सुधन गुरुङको दौडधुप, सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ

बढ्यो गृहमन्त्री सुधन गुरुङको दौडधुप, सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 3.9K
    SHARES
  • images
    बढ्यो गृहमन्त्री सुधन गुरुङको दौडधुप, सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    images

    गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

    उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले पुष्टि गरेको छ । गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।

    उनलाई कारबाही गर्ने/नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोगले पनि आन्तरिक गृहकार्य थालेको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - ११:३८:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij