• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ

कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ

images

प्रभाव न्यूज

६ बैशाख २०८३
  • 2.1K
    SHARES
  • images
    कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ
    images
    images
    images

    काठमाडौँ । नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिइरहेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    images

    आइतबार प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र नभई वर्तमान आर्थिक संकटकाबिच जनताको ढाड सेक्ने अर्को बोझ भएको बताए ।विज्ञप्तिमा लेखिएको छ,‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन्।

    विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’

    यता डिजेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटरजस्तो उच्च स्तरमा पुगेको अवस्थामा २–३ सय रुपैयाँको सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्र नभई गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम भएको विज्ञप्तिमा उल्लेख छ ।

    images

    यस निर्णयले केही गम्भीर प्रश्नहरू समेत उठाएको कांग्रेले बताएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ६, २०८३ आइतवार - २१:२४:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij