• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

images

प्रभाव न्यूज

५ बैशाख २०८३
  • 3.8K
    SHARES
  • images
    खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते
    images
    images
    images

    खोटाङ - बैशाख ५- खोटाङमा अटो दुर्घटना हुँदा आमाछोरा घाइते भएका छन् ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको बुवालुङदेखि दिक्तेलतर्फ जाँदै गरेको प्र ०१–०२–००४ ह ९५७४ नम्बरको अटो दुर्घटना हुँदा आमा २३ वर्षीय अस्मिता बानीयाँ र ४ वर्षीय छोरा करण बानीयाँ घाइते भएका हुन् ।

    टाउको र अनुहारमा चोट लागेका करणको अवस्था गम्भीर छ । आमा अस्मिताको पनि हात र खुट्टामा चोट लागेको छ। अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

    images

    घाइते आमाछोरा बुवालुङ निवासी हुन् । बुवालुङै चालक चन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ५, २०८३ शनिवार - ११:२५:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij